सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटीले जानकारी दिए । सुदुरपश्चिममा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै संविधानत मुख्यमन्त्री भट्टले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *