काठमाडौं । सत्तारुढ नेकपा एमालेले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ सांसदलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ भने १२ जनालाई २४ घण्टा स्पष्टीकरण सोधेको छ ।
स्थायी कमिटीको सोमबार साँझ बालुवाटारमा बसेको बैठकले प्रमुख विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपाल, खनालसहित भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई निश्कासन गर्ने निर्णय गरेको छ ।
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्ने एमाले सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।




