समाचार

माधव नेपालले नयाँ दल खोल्न लागेपछि ओली गुटमा छटपटी

काठमाडौं । पार्टी विभाजनको डिलमा पुगेपछि एमालेमा केपी ओली गुटका केही युवा नेतामा छटपटी बढेको छ । खासगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र योगेश भट्टराईमा चिन्ता बढी देखिएको छ । तर, पोखरेलमा अझै वरिष्ठ नेता माधवकुमार नेपालप्रति कुण्ठा देखिएको छ ।
यसपटक एमाले नेता माधवकुमार नेपालले केपी ओलीको पेलान सहन नसकेपछि नयाँ पार्टी खोल्न लागेका हुन् । एमालेको १५ वर्षसम्म महासचिव भएर चलाएका एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नयाँ पार्टी गठन गर्ने भएपछि ओली क्याम्पमा छटपटी बढेको हो ।
गोकुल बास्कोटा, महेश बस्नेतलगायत ओली निकट नेताले भने सामाजिक सञ्जालमार्फत पार्टी फुटमै जाँदा उपयुक्त हुने प्रतिक्रिया दिएका छन् ।
‘जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त।अब माधब–प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो। गुनासोको काम छैन,’ बास्कोटाले लेखेका छन् ।
शंकर पोखरेलले लेखेका छन्– ‘विधि र पद्धतिको कुरागरेर नथाक्ने माधव कमरेडको नाममा संसदीय विधि र पद्धति उलंघनको कीर्तिमान कायम भएको सुन्नुपर्दा दुःख लाग्ने रहेछ।’
भर्खरै केपी ओली क्याम्पमा प्रवेश गरेका योगेश भट्टराईले लेखेका छन्– कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *