काठमाडौं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर पटक पटक संविधानको धज्जी उडाएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टै पार्टी गठनको तयारी गरेका छन् ।
अब संसद् पुनस्र्थापना भए पनि वा नभए पनि नेपाल समूह नयाँ पार्टी गठन गरेर अघि बढ्ने निष्कर्षमा पुगेको बताइएको छ । पार्टीमा कम्तीमा ६ लाख एमालेका नेता कार्यकर्ता समेटिने गरी गृहकार्य सुरु भएको छ ।
स्रोतका अनुसार ऋषि कट्टेलको नाममा रहेको नेकपालाई लिएर अघि बढ्ने कि नयाँ दल दर्ता गर्ने भन्ने छलफल भइरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले नेपालसहित नेताहरु झलनाथ खनाल, भीम रावललगायतका नेतालाई कारबाही गर्ने निश्चित भएपछि नयाँ दल खोल्ने गृहकार्य सुरु भएको हो ।
दलको अध्यक्षमा माधवकुमार नेपाल, बामदेव गौतम सहभागी भए उनलाई सहअध्यक्ष, वरिष्ठ नेतामा झलनाथ खनाल, महासचिवमा भीम रावल, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष रहने बताइएको छ ।
दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा वा कलम राखेर मागिने तयारी भएको छ । पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद नै रहनेछ । पार्टीमा अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको बुझिएको छ ।




