रिबन

संसद् विघटनपछि पाँच दलको एउटै मोर्चा

आजका पत्रपत्रिकामा शुक्रबार मध्यरातमा भएको संसद् विघटनविरुद्ध राजनितिक दलहरुको मोर्चाबन्दीबारे मुख्य खबर छन् । प्रमुख विपक्षी दलहरुले सडक र अदालतबाट लडाई सुरु गर्ने प्रतिबद्दता जनाएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध मोर्चाबन्दी शिर्षकमा कान्तिपुरमा मुख्य खबर छ । पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा भएको ‘असंवैधानिक’ कदमविरुद्ध आइतबार सामूहिक रिट लिएर अदालतमा जाने निर्णय गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यहि खबरलाई अन्नपूर्ण पोस्ट्ले विघटनविरुद्ध विपक्षी आक्रामक शिर्षकमा छापेको छ । प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने भएको छ। कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल खेमा र राष्ट्रिय जनमोर्चा त्यसका लागि एकगठ भएका हुन्।
त्यस्तै नेपाल समाचारपत्रले १४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जाने निर्णय, संसद् विघटनपछि पाँच दलको एउटै मोर्चा शिर्षकमा पहिलो पेजमा खबर छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले बजारमा भएको कालो बजारीको बारेमा मुख्य खबर बनाएको छ । महामारीर्म कालोबजारी शिर्षकमा छापेको छ । अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए । तर, भयो उल्टो, यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् । गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् १ यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन। खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ १ महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ । बजारमा अहिले माग घटेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *