राजनीति

प्रतिनिधिसभा विघटन मध्यरातमा गरिएको संसदीय डकैती हो : महामन्त्री खड्का

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संसद विघटनलाई मध्यरातमा गरिएको संसदीय डकैती भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेबी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि खड्काले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उक्त प्रतिक्रिया दिएका हुन् ।

‘नेपाली जनताका प्रतिनिधिले संविधानसभा मार्फत् निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा चिरहरण गरिएको छ, यसको कानुनी, राजनैतिक र जनस्तरबाट सबै तवरले प्रतिरोध गरौँ ।’ महामन्त्री खड्काले अनुरोध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *