काठमाडौं। नेपाली कांग्रसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मध्यरातको अन्धकारमा लोकतन्त्र र संविधानमाथि नाङ्गो प्रहार भएको बताएका छन ।
राष्ट्रपति विद्यादेबी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि डा. महतले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सो प्रतिक्रिया दिएका हुन ।
राष्ट्रपति र प्रधानमन्त्रीको साठगाँठमा भएको उक्त अलोकतान्त्रिक र असंवैधानिक कदमको जति निन्दा गरेपनि कम हुने डा. महतको भनाइ छ ।




