कला/साहित्य

तन्का कविता

१,
समाऊँ भन्दा
हात नै लुलो भयो
भीडमा तिमी
पाइला अघि अघि
बीचैमा छाया ढल्दा।
२,
आवाज सुन्छु
उज्यालो अनुहार
तरुनो रात
तिमी हाँस्न खोजेको
छेकिहाल्यो कसैले ।
३,
खाल्डो नखन्दै
सपना डुबिहाल्यो
तिमी पग्लेको
कसैले ठेल्यो मात्र
च्यापामा नीलो पार्दै ।
४,
तिमी नहुँदा
डरलाग्दो सपना
पग्लेर गयो
सम्झेँ तिमीलाई नै
बादलसँग भाग्दा।
५,
हेरि नै रहेँ
मुस्लो भएर आयो
तिमी हरायौ
छुट्याउनै सकिनँ
कुहिरो खसिहाल्यो ।
६,
समाएँ चुल्ठो
भाग्न खोजेको तिमी
हडबडियौ
यसो हेरेको मात्र
सपना झस्किहाल्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *