काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर जुटाएपछि देउवालाई प्रधानमन्त्री बनाउन नेताहरू शीतल निवास पुगेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार आज प्रधानमन्त्रीमा दाबी गर्न ५ बजेको समय दिएकी थिइन् । जसअनुसार कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर जुटेको छ ।
कांग्रेसका ६१, माओवादी केन्द्र ४८, माधव नेपालका २७ र जसपाको उपेन्द्र यादव पक्षको १३ सांसदले हस्ताक्षर बुझाएका छन् ।




