काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई साझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्नका लागि आह्वान गरेकी छन । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय साझ ५ बजेसम्मको समय दिएकी हुन ।
मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले मौजुदा सरकारलाई विश्वासको मत प्राप्त गर्ने दह्रो राजनीतिक आधार नदेखिएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने ठहर गर्दै प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया सुरु गर्न अनुरोध गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातामै पुनः नयाँ प्रधानमन्त्रीको खोजी भएको छ ।





