काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते आह्वान गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद प्रतिनिधिसभाको अधिवेशन ९ गते आहवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सिफारिस गरेको छ । यस अघि पनि विश्वासको मत नपाएका प्रधानन्त्री ओलीले अब नपाउने विश्वासको मतका लागि प्रयास नगर्ने बैठकमा बताएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बैशाख ३० गते संविधानको धारा ७६ को उपधारा ३ अन्तरगत सफथ लिएका थिए ।




