काठमाडौं । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।
आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो।
मतभार अनुसार बादलले ४०१४ मत ल्याएका थिए ।
स्थानीय तहमा देवकोटाको पक्षमा १२८ मत हुदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत प्रात्त गर्दा खिमलालले ५८ तथा तामाङले २ मत पाएका थिए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।
देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी हाल स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।




