देश

बजेट अधिवेशन र विश्वासको मत लिने निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार नियमित बैठक बस्ने गरे पनि आजको मन्त्रिपरिषद्ले महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने छ । प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् ।

बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । अल्पमतको सरकारले ल्याएको बजेट पास नहुने निश्चित भएपछि ओलीले विश्वासको मत लिन लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *