काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो २ बजेका लागि बैठक बैठक बोलाइएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामबहादुर थापा बादललाई माधव नेपाल पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ । बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन । तर, हेटौडामा केही गडबडीको संकेत पाएलगत्तै ओलीले स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ । कार्यदलको बैठक हिजो बस्ने भनिए पनि स्थगित भएको थियो ।




