राजनीति

विवेकशील साझाले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले आज हुँदै गरेको बागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएको छ । बिहीबार बिहान विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका संयोजक रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।

उसले ‘नो भोट’ लागू गर्न सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न मागसमेत गरेको छ । निर्वाचनमा विवेकशील साझा पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन । सो पार्टीका तीनजना प्रदेशस भा सदस्य छन्।

चुनावी मैदानमा प्रतिस्पर्धारत खिमलाल देवकोटा, रामबहादुर थापा बादल र कृष्णबहादुर तामाङ तीनैजना उम्मेदवारबाट राष्ट्रिय सभामा आफूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।

विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागू गर्न पनि सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *