गण्डकी प्रदेश

गण्डकीमा मन्त्रिपरिषद् विस्तार,खेलकूद मन्त्री गुरुङ शपथमा सहभागी भएनन

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याएका हुन ।

 
 आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराएका छन ।    

खेलकूदमन्त्री गुरुङ काठमाडौँमा भएका कारण शपथमा सहभागी भएनन । उनीहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराइन ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *