विश्व

भारतमा कोरोनाले एकैदिन ४५ सयको मृत्यु, तेस्रो लहरको चेतावनी

एजेन्सी। कोरोना भाइरसको दोस्रो लहरले छिमेकी देश भारतमा दैनिक मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हरेक दिनजसो कीर्तिमान बन्दै गएका छन् ।

मंगलबार भारतमा २४ घन्टामा चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ। यसअघि सोमबार चार हजार तीन सय ४० जनाको मृत्यु भएको थियो।

अमेरिका र ब्राजिलपछि सबैभन्दा बढीले ज्यान गुमाएको भारतमा हालसम्म दुई लाख ८३ हजार दुई सय ७६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६७ हजार १७४ जना नयाँ संक्रमित थपिएका छन्।

संक्रमण दर घट्दै गए पनि मृत्युदर बढ्दै जानुले भारतमा चिन्ता थपिएको छ । स्वास्थ्य विज्ञहरूले भारतमा चाँडै कोरोनाको तेस्रो लहर सुरु हुने चेतावनी दिँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *