रिबन

जेठ १५ मा बजेट संसदबाट कि अध्यादेशबाट ?

एन्टिजेन किटसहित स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने
काठमाडौं । स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो । उपप्रधानमन्त्रीसंगको टेलिफोन संवादमा स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौंँ आइपुग्ने स्विस राजदूतले जानकारी दिए । चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ ।

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । नागरिक दैनिकले कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’ शिर्षकमा मुख्य खबर छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्।

ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सन्तोषजनक सुधार भएको भन्दै यस्तो दाबी गरेका हुन्। तर, व्यवहारमा भने त्यस्तो देखिँदैन। कूटनीतिक सम्बन्ध बिस्तारमा महत्वपूर्ण योगदान गरेको दाबी गर्ने वर्तमान सरकारले आफ्नै दाबीलाई खण्डन गर्नेगरी कूटनीतिक नियुक्ति गर्दै आएको छ। कूटनीतिक सम्बन्ध मजबुत र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने नियोगहरूका प्रमुखमा त्यससम्बन्धी अनुभव र ज्ञान भएकालाई नियुक्त गर्नुपर्ने हुन्छ। तर सरकारले त्यस्ता नियोगहरूमा खल्तीका व्यक्तिलाई नियुक्त गर्दै आएको छ, जोसँग सम्बन्धित ज्ञान र अनुभव छैन।
त्यस्तै लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार गरेको खबरलाई पनि मुख्य समाचार बनाइएको छ ।लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्। प्रदेश सभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि प्रदेश प्रमुखले त्यसलाई अस्वीकार गरेका हुन्।
अन्न्पूणै पोस्टले श्रद्धाको नमस्कार शिर्षकमा समाचार छापेको छ । एक ३८ वर्षीय पुरुषको सोमबार अपराह्न ४ बजे मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा निधन भयो। तर, उनको शव मंगलबार अपराह्नसम्म पनि अस्पतालको इमर्जेन्सी वार्डको एक कुनामा अलपत्र अवस्थामा लडिरह्यो। कसैले चासो नदिएपछि करिब २४ घण्टामा जनकपुर जानकी चोकका चार युवाले शव व्यवस्थापन गरेका छन्। ती व्यक्तिको दाहसंस्कारका क्रममा उनीहरूले नमस्कार गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेपाल समाचार पत्रले जेठ १५ को बजेटबारे चासो देखाएको छ । संसदबाट कि अध्यादेशबाट ? जेठ १५ मा बजेट शिर्षक लेख्छ, बजेट आउन १० दिन मात्रै बाँकी हुँदा पनि सरकारले अझै बजेट अधिवेशन आह्वान गरेको छैन । संविधानमा जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ । तर वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उहाँकै नेतृत्वमा बनेको अल्पमतको सरकारले बजेटका लागि अझै पूर्व तयारी अगाडि बढाएको छैन ।

सरकारले वैशाख ३० गतेभित्र प्रि–बजेट माथिको छलफल सक्नुपर्ने थियो । तर संसदमा विश्वासको मत लिने प्रक्रिया र त्यसपछि नयाँ सरकार बनाउने अलमलले छलफल हुन नसकेपछि सरकारले संसदबाटै बजेट ल्याउँछ कि अध्यादेशबाट ल्याउँछ भन्ने चासोको विषय बन्न पुगेको छ । यो खबरलाई अन्नपूर्ण पोस्ट्ले पनि छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *