समाचार

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोली बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे २ बजे बोलाइएको हो । बैठक संसद भवनको ल्होत्से हलमा बस्ने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीति लगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *