समाचार

भारतमा एकैदिन चार हजार ३४० को मृत्यु, संक्रमण दर भने घट्यो

काठमाडौं । पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमणदर घटेको छ । तर, मृत्युदरमा भने कमी आएको देखिएको छैन ।

संक्रमणदर गत साताको भन्दा झन्डै आधाले घटेको देखिएको छ । वर्ल्डो मिटरको आंकडाअनुसार गत २४ घण्टामा भारतमा दुई लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् । यसै अवधिमा चार हजार ३४० जनाको मृत्यु भएको छ । जुन एकैदिन मृत्यु हुने सर्वाधिक संख्या हो ।

यस अवधिमा भारतमा चार लाख २२ हजार ३९४ जना निको भएका छन् । भारतमा अहिलेसम्म दुई लाख ७८ हजारभन्दा बढीको कोरोनाबाटै मृत्यु भइसकेको छ । युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, अफ्रिकन भेरियन्ट र इन्डियन भेरियन्टकै कारण भारतमा कोरोना संक्रमण तीव्र फैलिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *