एजेन्सी । भारतले कोभिड–१९ विरुद्धको पाउडर औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ) ले उत्पादन गरेको औषधि भारती रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्षवद्र्धनले सोमबार सार्वजनिक गरेको समाचार संस्था एएनआईले जनाएको छ ।
औषधिको नाम २ डिओक्सि–डी–ग्लुकोज दिइएको छ । भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि बिकास गरेको हो ।
२ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ । धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ ।




