समाचार

भारतमा २५ दिनपछि पहिलो पटक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण

काठमाडौ । केही दिनयता भारतमा कोरोना संक्रमण घट्दै गएपछि राहात मिलेको छ ।
दैनिक ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भइरहेको भारतमा पछिल्लो समय संक्रमण घटेकाले केही राहत भएको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा २५ दिनपछि पहिलो पटक एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण कम भए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । अहिले पनि भारतमा दैनिक ४ हजारको हाराहारीमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै आइतबार भारतमा ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

१५ लाख ७३ हजार ५ सय १५ नमुना परीक्षण गरिएको थियो । त्यस्तै भारतमा अहिलेसम्म १८ करोड २९ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको छ ।

भारतमा अहिलेसम्म २ करोड ४९ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड ११ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३ सय ९० पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *