समाचार

भारतमा कोरोनाको संक्रमण दर घटेपनि मृत्युदर भने घट्न सकेन, २४ घण्टामा ४ हजार ७७ जनाको ज्यान गयो

काठमाडौ । भारतमा कोरोनाको संक्रमण दर घटेपनि मृत्युदर भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ७७ जनाको ज्यान गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ११हजार ३७० जनामा ाकोरोना पुष्टि भएको अन्तराष्टिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो आँकडा पछिल्लो २५ दिनको सबैभन्दा कम हो ।

संक्रमणदर घटेपनि मृत्युको आँकडा अहिले पनि चिन्ताको विषय बनेको छ । भारतमा हालसम्म कोरोनाका कारण २ लाख ७० हजार जनाको ज्यान गएको छ । उताकोरोनाबाट निको हुनेको संख्या लगातार बढिरहेको छ । कूल ३ लाख ६२ हजार ३६७ जनाले कोरोना जितेका छन् । भारतमा दास्रो लहरको कोरोना फब्रेवरीबाट शुरु भएको थियो ।
रोयटर्सको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *