काठमाडौं । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिले “कोभिड-१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सञ्चालन गर्ने भएको छ । कोरोना महमारी नियन्त्रणमा सरकार उदासिन बनेको बेला कांग्रेसले सातै प्रदेशमा जुममार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सातै प्रदेशमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजनमा कार्यक्रम हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु सहभागी हुने छन ।
उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रीत केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ÷नगरपालिका कार्यसमितिका सभापतिहरु तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागीता रहनेछ रहने केसीले जानकारी दिए ।
यस्तो छ कार्यक्रमको कार्यतालिका :
१. २०७८ जेष्ठ २ गते विहानको १०.०० वजेदेखि सुदुरपश्चिम र कर्णाली प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
२. २०७८ जेष्ठ २ गते अपरान्ह ४.०० वजेदेखि लुम्विनी प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
३. २०७८ जेष्ठ ३ गते विहानको १०.०० वजेदेखि गण्डकी प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
४. २०७८ जेष्ठ ३ गते अपरान्ह ४.०० वजेदेखि वाग्मती प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
५. २०७८ जेष्ठ ४ गते विहानको १०.०० वजेदेखि प्रदेश नं. २ भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
६. २०७८ जेष्ठ ४ गते अपरान्ह ४.०० वजेदेखि प्रदेश नं. १ भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।





