कला/साहित्य

हाइकु

१.
सबैको प्रेम
अन्धविश्वास हुँदा
जोडिन कष्ट ।
२.
लपक्कै टास्यो
छुट्याउन नसक्ने
चुम्बक जस्तै ।
३.
जुन रोय झैं
अनुहार देखेको
कालो पोतेछ ।
४.
चिसो पानीमा
आँतिदै स्नान गरे
बिर्सेर आफै ।
५.
कमल फूल
दलदल फोहर
मनमा स्पर्श ।
६.
घमण्ड गर्‍यो
आफ्नो गल्ती छोपेर
चरित्रहीन ।


बट्टार,नुवाकोट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *