१,
तातेको आगो
न निभाइ भएन
तापेर सेलाउँदा ।
२,
उज्यालो मुख
भित्ता देख्दा झस्केको
तर्साउने अँध्यारो ।
३,
बाटो छेकेर
तेर्साएको फलेक
बाउडिएको खुट्टा ।
४,
दर्केको पानी
पानी जमेको खाल्टो
छ्याप्दा मन भिजेको ।
५,
गडेको आँखा
बूढो मन आत्तिँदा
भुइँ छुन पुगेको ।
६,
खोअल्न थाल्दा
नजिक टासिंएको
माटो खोज्ने गड्यौला ।
७,
नसके पनि
तत्सौन खोजेको
सुघेर भए पनि ।
८,
थोपा हो झर्छ
घुटुक्क निल्नै पर्ने
उज्यालो कोल्टे पर्दा ।
९,
अँध्यारो छेक्दै
चन्द्रमा देखा पर्दा
एक्लै मस्किने तारा ।




