काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
बहुमतको सरकार बनाउन असफल भएपछि तीनै दलका शीर्ष नेताबीच बुढानिलकण्ठमा समीक्षा बैठक बसेको हो । केपी ओलीले अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ लिनुअघि तीन दलका शीर्ष नेताको बैठक बसेको हो । बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित भएको एक नेताले बताए ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी र माओवादीको स्थायी कमिटी बैठकले एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गरेको प्रतिबद्धताअनुसार अन्तिम समयमा पछि हटेको निष्कर्ष निकालेका थिए ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकारका लागि तीन दिनभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । बहुमतको सरकार बन्न नसकेपछि राष्ट्रपतिले बिहीबार राति नै ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गरेकी थिइन् ।




