काठमाडौ ।भारतमा कोरोना संक्रमितको मृत्युदर घट्न थालेको छ । भारतीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ । जब कि हिजो मात्र कोरोनाबाट ४ हजार १ सय २८ जनाको ज्यान गएको हो । त्यस्तै कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमितको पहिचान भएको छ जबकी ३ लाख ४४ हजार ५७० निको भएका छन् । मे महिनामा नयाँ बिरामीभन्दा निको हुने संख्या धेरै भएको यो तेस्रो पटक हो । चार दिन अघि १० मेमा ३ लाख २९ हजार संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार संक्रमित निको भएका थिए ।
भारतमा निको भइसकेका कोरोना बिरामीको संख्या २ करोडभन्दा बढी छ ।
एजेन्सीको सहयोगमा




