रिबन

पुनःनियुक्त प्रधानमन्त्री ओलीले आज सपथ लिने

काठमाडौं । पुनःप्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदै छन्। प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजे शितलनिवासमा तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि पदमुक्त भएका थिए । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु(याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

तर अब पनि उनले संसद्बाट एक महिना भित्र विश्वासको मत लिन पर्नेछ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् । नेकपाभित्र माधवकुमार नेपाल पक्ष र ओली पक्षको हिजोको वार्ता सका।रात्मक भएकोले अब संसद्बाट विश्वासको मत पाउने आशा प्रधानमन्त्रीले गरेका छन्। अब विश्वासको मत पाए कम्तीमा एक वर्ष अन्य दलहरुले अविश्वासको प्रस्ताव पेश गर्न पाउने छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *