काठमाडौं । सत्तारुढ एमालेमा देखिएको किचलो मत्थर भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले पार्टी हितविपरीत लागेको भन्दै वरिष्ठ नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसहित नरहने गरी कारबाही गरेका थिए ।
आज नेता नेपाल पक्षका २० सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीले हतारहतार कारबाही फिर्ता गरेका हुन् ।




