समाचार

जनमोर्चाले निर्णय बिपरित कार्य गरेको भन्दै कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

काठमाडौ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध काम कारबाहीमा संलग्न भएकाले आजैबाट हटाइएको पत्रमा जनाइएको छ ।
कारबाही पत्र हेर्नुहोस्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *