शिक्षा / स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च, एकैदिन ४ हजार २ सय ५ जनाको मृत्यु

काठमाडौँ । भारतमा कोरोना संक्रमणबाट एकैदिनमा ४ हजार २सय ५ जनाको मृत्यु भएको छ । भारतमा केही दिनदेखी संक्रमणको दर घटेपनि मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।
भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मे ७ मा कोरोनाले ४ हजार १ सय ८७ को मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४८ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि सरदर ३ लाख ५० हजार रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म २ करोड ३३ लाख ४० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ९३ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५४ हजार १ सय ९७ पुगेको छ ।
रोयटर्सको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *