काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन । नयाँ सरकारक गठनका लागि छलफल गर्न सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन । बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरु सहभागी हुने बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले नयाँ सरकार गठनका लागि सक्रियता बढाएका छन । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि बैशाख ३० गते बेलुकी ९ बजेसम्मको समयसीमा तोकेकी छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्ताव संसदवाट अस्वीकृत भएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन ।
मुख्य समाचार




