राजनीति

प्रचण्डले ओलीलाई लक्षित गर्दै भने-राष्ट्रिय समस्या ‘तपाई’ हो कि ‘म’ हो बहस गरौं


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्या को हो बहस गर्न आफू तत्पर हरेको बताएका छन । संसदमा प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय समस्या तपाईँ कि म हो बहस गर्न आफू तयार रहेको प्रचण्डले चुनौति दिएका हुन । प्रधामन्त्री केपी ओली दिएको ‘प्रचण्ड राष्ट्रिय समस्य भए’ भन्ने अभिव्यक्तिको संसदमा प्रचण्डले कडा रुपमा प्रतिवाद गरेका हुन


संसदमा ओलीप्रति निकै अक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत माग्ने नैतिक आधार नभएको बताए । ओलीलाई विश्वासको मत नदिने बताए । र प्रचण्डले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *