काठमाडौं । प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । पुस ५ गते आफैं प्रतिनिधिसभा विघटन गरेका ओलीले आज त्यही संसदको रोस्ट्रममा उभिएर भाषण गरे ।
उनले आफूमाथि अझै प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गरेको बताए । उनले कोभिडको यस्तो महामारीको साझा संकटको बेला पनि, यसमा पनि भ्रष्टाचार गर्छ भने त्यो क्षम्य नहुने र त्यसमा संलग्नलाई कारबाही हुने बताए । उनले खोप खरिदमा कमिसनको चर्चा चलेको विषयमा प्रस्टीकरण दिएका हुन् ।
उनले आफ्नो सरकारलाई कुनै पनि हालतमा विश्वास हुनुपर्ने कारण नभएको दाबी पनि गरे । उनले आफ्नो सरकारले धेरै विकास गरेको, राष्ट्रवादी निर्णय गरेको पनि बताए ।




