काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित आइतबार प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।
यसअघि अविश्वास प्रस्ताव दर्ता भई पेस हुने दिन पोखरेलले हतार हतार राजीनामा दिएर एमालेको एकल सरकार बनाएका थिए । तर, एमालेका एकपछि अर्को सांसदले राजीनामा दिएपछि उनी अल्पमतमा परेका छन् । लुम्बिनी प्रदेशमा सरकार बन्न ४१ सांसद चाहिन्छ । तर, पोखरेलसँग अब ३८ सांसद मात्र छन् ।






