काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्।
देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ। उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ। तर नेकपा एमालले भने अझै उम्मेदवार टुंग्याउन सकेको छैन ।
प्रमुख विपक्षी र आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षले बलियो दाबेदार उठाउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली हच्किएका छन् ।
माओवादी केन्द्रले रामबहादुर थापा बादललाइ कारवाही गरेर खाली रहेको सिटमा जेठ ६ गते उपनिर्वचान हुँदै छ । ओली पक्ष फेरि बादललाइ नै उठाउने सोचमा भएपनि अब हार्ने स्थिति आएकाले पछि हट्ने संकेत गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल यहाँबाट निर्वाचित भएका थिए।
यो निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।




