रिबन

नेकपा विवाद मिलाउन दौडधुप

आजका पत्रपत्रिकामा राजनिति देखि स्वास्थ्यसम्बन्धी खबरले प्रमुख स्थान पाएका छन् । नेकपा भित्रको किचलो, प्रम ओलीको विश्वासको मत लगायत कोरोना संक्रमण बढ्दो तथा अक्सिजन र शैय्या अभावका खबरलाई पत्रिकाहरुले प्रमुख समाचार बनाएका छन् ।


नागरिक दैनिकले विवाद मिलाउन दौडधुप, नेपाल पक्षमाथिको कारबाही फुकुवाको संकेत शिर्षकमा समाचार छापेको छ । नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए। बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए।
त्यस्तै राष्ट्रपतिसँगको ओली र माधव कुमार नेपालले छु्ट्टाछुट्टै भेट गरेको खबरलाई पनि नागरिक दैनिकले छापेको छ ।
अन्नपूर्ण पा्ेस्ट्ले अस्पताल शुल्क अचाक्ली शिर्षकमा कोभिडको नाममा निजि अस्पतालले चर्को शुल्क असुलेको खबरलाई छापेको छ ।देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्। ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको शुल्कको सूचीसहितको ‘मञ्जुरीनामा’ को सर्वत्र टिकाटिप्पणी भइरहेको छ। कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको ५० हजार रुपैयाँ उक्त अस्पतालले तोकेको छ।

राजधानी दैनिकले अप्ठ्यारोमा प्रधानमन्त्री ओली भएको खबरलाई छापेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *