रिबन

ओली निकट व्यापारी र कमिसन एजेन्टहरूले राेके काेराेना खाेप

आजका पत्रपत्रिकामा राजनितिक विषयले स्थान पाएका छन् भने स्वास्थ्य सम्बन्धी विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
नागरिक दैनिकले खोप नआउनुमा बिचौलिया कारक शिर्षकमा मुख्य खबर छापेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्‍याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन अवरोध गरेकाहरूलाई लक्षित गर्दै भनेका थिए, ‘यसबीच केही भूतप्रेत जागृत भए।’ यी भूतप्रेत को हुन्, मन्त्री त्रिपाठीले त्यति बेला नखुलाए पनि अहिले आएर खुलासा भएको छ। ती भूतप्रेत अरु कोही नभएर प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर काम गर्दै आएका व्यापारी र कमिसन एजेन्टहरू हुन्। नेपालले सेरम इन्स्टिच्युटद्वारा उत्पादित अक्सफोर्ड अस्ट्राजेनेका खोप खरिद प्रक्रिया अघि बढाएको थियो। त्यसमा १० प्रतिशत कमिसन माग गर्दै खोप भित्रिन नदिइएको हो। यो खबरलाई अन्नपूर्ण पोस्ट्, नेपाल समाचारपत्र तथा कान्तिपुरले प्राथमिकताको साथ छापेको छ ।

त्यस्तै अन्नपूर्ण पोस्ट्ले देउवासमक्ष ओलीको प्रस्ताव मिलेर अर्ली इलेक्शन शिर्षकमा मुख्य खबर छ । देउवा र ओलीबीचको भेटलाई सबै पत्रिकाले स्थान दिएका छन् । तर ओलीको प्रस्तावलाई देउवाले ठाडै अस्वीकार गरेका छन् । वर्तमान परिस्थितिमा ओलीलाई साथ दिन नसकिने बताएका छन् ।
नेपाल समाचार पत्रले पनि बिचौलियाले रोके कोरोना खोप शिर्षकमा समाचार छापेको छ । भने कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्य गर्न लागेको खबरलाई पनि पहिलो पेजमा छापेको छ ।
सर्वोच्चद्वारा अनलाइनमार्फत मुद्दाको सुनुवाइ प्रक्रिया थालनी गरेको खबरलाई पनि पहिलो पेजमै छापेको छ । सर्वोच्च अदालतले मुद्दाको संख्या बढ्दै गएपछि अनलाइनमार्फत पनि सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले हाल सो प्रक्रियाका लागि प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिएका छन् । मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि न्यायपालिकाको सुनुवाइ प्रक्रिया अवरुद्धजस्तै रहेको छ । हालको अवस्थामा मुद्दा दर्ता मात्रै हुने तर सुनुवाइको संख्या कम हुने गरेका कारण सर्वोच्चले अनलाइनमार्फत पनि मुद्दाको प्रक्रिया अगाडि बढाउन लागेको हो । सर्वोच्चमा हाल झन्डै २८ हजारको संख्यामा मुद्दाहरू विचाराधीन रहेको बताइएको छ ।

राजधानी दैनिकले महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर कालोबजारी गरेको खबरलाई छापेको छ । महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *