काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने आज बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेको छ । यसपछि माओवादीले समर्थन फिर्ता लिएको लिने निर्णय गरेको हो । अब माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।




