काठमाडौं । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने बताइएको छ । प्रधानमन्त्री ओलीले त्यसभन्दा अघि देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।




