- कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ |
- नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ |
- अनुहार छोइरहनेलाई चिन्दछ |
- भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ |
- हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ |
- बारम्बार हात सफा नगर्नेलाई चिन्दछ |
- …
- कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन |
- अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन |
- यस्तो बेलामा मर्निंग वाक / इभिनिंग वाक गर्नेलाई चिन्दैन |
- भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन |
- कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन |
- चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन |
- खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन |
- आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन |
- ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन |
- पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन |
- प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ |
.. - कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ |
- कसैलाई गम्भीर बनाउँछ |
- कसैलाई प्लास्टिकमा प्याक गराउँछ
तर कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन |
तसर्थ सकभर घरभित्र बसौं ! भेटघाट बन्द गरौँ ! मापदण्ड पालना गरौँ ! यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन | आत्तिनु पर्दैन | डर मान्नुपर्दैन |




