काठमाडौँ । सरकारले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड संक्रमण रोकथामका लागि आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
यसै गरि आजको मन्त्रिपरिषद् बैठकले वैशाख २२ गते रातिदेखि बाह्य देशसँगको उडान रोक्ने पनि निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।




