काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन । आज बिहान राजीनामा दिएका प्रदेश संसदीय दलका नेता पोखरेल मुख्यमन्त्रीमा फरि नियुक्त भएका हुन ।
आइतबार राजीनमा दिएसंगै लुम्बिनीको राजनीतिमा नयाँ तरंग पैदा भएको थियो । राजीनामा दिएलगत्तै पोखरलको राजीनामा स्वीकृत पनि भएको थियो । बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि निवेदन दर्ता गराएक पोखरेल ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्रीमा नियुक्ति भए ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन । पोखरेलाइ आजै शपथ गराउने तयारी छ ।





