राजनीति

आकस्मिक रूपमा राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

आकस्मिक रूपमा बोलाइएको स्थायी कमिटी बैठक सकेर उनी हतार हतार शीतलनिवास प्रवेश गरेका हुन् ।

एमाले स्थायी कमिटी बैठकले के निर्णय गर्‍यो भन्नेबारेमा कुनै जानकारी दिइएको छैन । लुम्बिनी प्रदेश सरकारमा अस्थिरता देखिएपछि प्रदेश सभा विघटन वा राष्ट्रपति शासन लागू गर्ने सिफारिस बोकेर ओली राष्ट्रपति निवास पुगेको बताइन्छ ।

स्रोतका अनुसार स्वास्थ्य संकटकाल लागू गरेर केही समयसम्म प्रदेश र संघको सरकार बचाउन ओलीले चाहिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *