राजनीति

शंकर पोखरेल फेरि पनि एमालेबाट मुख्यमन्त्री बन्लान् ?

काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

तर लुम्बिनीमा एमालेबाहेक अन्य दलले सरकार बनाउने आवश्यक सिट संख्या छैन । प्रदेश सभामा कायम रहेको ८१ सदस्यमा एमाले एक्लैसँग ४१ जना सांसद छन् । त्यसैले अब लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ।

जसपाका चार सांसद निलम्बन भएसँगै प्रदेशमा एमालेको एकल सरकार बन्ने अवस्था आएको हो । तर, पोखरेल नै मुख्यमन्त्री बन्छन् भन्ने ग्यारेन्टी पनि छैन । एमालेमा आन्तरिक किचलो उत्कर्षमा छ ।

माधव नेपाल पक्षलाई नसमेटीकन लुम्बिनीमा फेरि पनि शंकर पोखरेल मुख्यमन्त्री बन्नेमा आशंका देखिएको छ । पोखरेललाई मुख्यमन्त्री बन्न ४१ सांसद चाहिन्छ । त्यसमध्ये एकजना मात्रै पनि अनुपस्थित भएमा उनको सपना पूरा हुने छैन । त्यसैले लुम्बिनीमा पनि राजनीतिक अस्थिरता देखिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *