काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। आफूविरुद्ध आज संसदमा अविश्वासको प्रस्ताव पेस हुनुअघि नै उनले पदबाट राजीनामा दिएका हुन् ।
पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ।
जसपाका चार सांसदलाई सो पार्टीले कारबाही गरी निलम्बन गरेपछि पोखरेलको पद संकटमा परेको थियो । हुन त प्रदेशमा एमालेकै ४१ सांसद छन् । तर, माधव नेपाल पक्षले आफूविरुद्ध फ्लोर क्रस गर्ने संकेत देखिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।




