- १.
प्रकृति देन
आँखाले देखिँदैन
खोतल्दै जानुपर्ने !
२.
जल प्रवाह
बग्दछ निरन्तर
दबाएर राखेको !
३.
सिनो सम्झेर
नाक थुन्न खोजेको
खोजियो बिसाउन !
४.
आपत पर्दा
सहयोग मागेको
भाँचिएको हाँगा नै !
५.
चिनो बोकेर
भजन गाउने मूर्ख
लाज नै सकिएछ !
६.
बिहानी पख
सूर्योदय हुँदामा
फाटिएको अँध्यारो !




