काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का ‘बहुमत सांसद’ प्रधानमन्त्री केपी ओलीविरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेका छन् । जसपाको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
वैशाख १४ गते बसेको बहुमत सदस्यको बैठकले लुम्बिनीमा पार्टी निर्णय विपरित जाने प्रदेश सांसदलाई निष्कासन गर्ने र ओलीविरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको बताइएको छ । जसपाका १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन् । कांग्रेसले सक्रियता देखाएमा यो संख्या २२ कट्ने जसपाका एक सांसदको भनाई छ ।
जसपामा पूर्व संघीय समाजवादी पार्टीका १७ र पूर्व राष्ट्रिय जनता पार्टीका १७ सांसद छन्। ती मध्ये दुवै पूर्व पार्टीका १—१ सांसदहरू निलम्बित छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बहुमत सदस्यको बैठकमा २६ जनाले हस्ताक्षर गरेका छन्।




