रिबन

जसपामा अध्यक्ष छलिएपछि…

आजका पत्रपत्रिकामा राजनितिक देखि सामाजिक तथा कोभिडकै वरपर रहेर समाचार प्रकाशित भएका छन् । प्रायजसो पत्रिकामा निषेधाज्ञाकै बारेमा चर्चा छ ।
अन्नपूर्ण पोस्ट्ले निषेधाज्ञामा ‘बानी पार्न गाह्रो’ शिर्षकमा मुख्य खबर छापेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ। तर, निषेधाज्ञाकै दिन १० हजार ४ सय २० जनाले नागढुंगा नाका हुँदै काठमाडांै छाडेका छन्। यही नाका हुँदै वैशाख १ देखि १५ गतेसम्म ७ लाख जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

सर्वसाधारण नागरिक घर फर्किन बिहीबार बसपार्क, कलंकी क्षेत्रमा उपस्थित थिए। सुरक्षाकर्मी उनीहरूलाई रोकिरहेका थिए।
त्यस्तै जसपाले कारबाही गरिएको भनिएका चार सांसद्लाईको पद जोगाउन अर्का अध्यक्ष महन्थ ठाकुरले छुट्टै पत्र लेखेको खबरबलाई पनि छापेको छ । जसपामा जब अध्यक्ष छलिएपछि… शिर्षकमा अन्नपूर्णले पहिलो पेजमा खबर छापेको छ । जसपाको चार प्रदेश सांसद् जो सरकारमा सहभागी थिए उनीहरुको सांसद् पद खोसिएको छ । तर पत्रका अध्यक्ष महन्थ ठाकुर नै छलिएपनि उनले अर्को पत्र पठाए । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको बताएका छन् । बिहीबार लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्दै ठाकुरले पार्टीको केन्द्रीय कारिणी समितिबाट सांसदलाई पदमुक्त गर्ने निर्णय नभएको भन्दै पत्र पठाएका हुन् ।
त्यसैगरी गण्डकी प्रदेशको खेलकुद मन्त्री बनेका दिपक मनाङ्गेको अपराध यात्राबारे नागरिक दैनिकले छापेको छ । काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हिरासतमा उनको रात बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असुली र कवाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *